कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

हत्या आरोपी १७ वर्षपछि पक्राउ

अवधेशकुमार झा

राजविराज — १७ वर्षअघि एक जनाको हत्या गरेको आरोप लागेकालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

हत्या आरोपी १७ वर्षपछि पक्राउ

२०६० साल पुस ८ गते बिहानको समयमा सप्तरीको तात्कालीन लोहजारा गाविस–८ का सुक्रुत सदाको हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका देवनारायण मण्डललाई पक्राउ गरिएको हो ।

आइतबार जिल्ला प्रहरी कार्याल्य सप्तरीमा पत्रकार सम्मेलनमा पक्राउ गरिएका मण्डललाई सार्वजनिक गरियो ।

हत्या गरिएका सुक्रुत सदाले पक्राउ गरिएका देवनारायण मण्डलकी फुफुलाई ललाइफकाइ लगेको सम्बन्धी विवादमा ०६० पुस ८ गते बिहान ट्युबेलमा नुहाइरहेका बेला देवनारायणले सुक्रुतलाई पेटमा छुरा प्रहार गरेको प्रहरीको भनाइ छ । मृतक सुक्रुतकी श्रीमती लिलादेवी सदाको जाहेरीले कर्तव्य ज्यान मुद्दा अघि बढाएको सप्तरी प्रहरीले १७ वर्षदेखि आरोपी देवनारायणलाई पक्राउ गर्न सकेको थिएन ।

शनिबार उनलाई महदेवा गाउँपालिका–४ बाट नियन्त्रणमा लिइएको डीएसपी भुवनेश्वर साहले बताए । पक्राउ गरिएका देवनारायणसँग सोधपुछ र अनुसन्धान भइरहेको साहले बताए ।

प्रकाशित : फाल्गुन २३, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?