फरार अभियुक्त ५६ वर्षपछि पक्राउ

अवधेशकुमार झा

राजविराज — ५६ वर्षअघि तत्कालीन इलाका अदालत हनुमाननगर सप्तरीबाट डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको साबिक पकरी–१ घर भई हाल महादेवा गाउँपालिका–१ का ७६ वर्षीय श्रीलाल यादवलाई पक्राउ गरेको हो ।

सप्तरीका डिएसपी भुवनेश्वर साहका अनुसार यादवमाथि डाका मुद्दामा १० वर्ष र जालसाज मुद्दामा ६ महिना कैद सजाय तोकिएको थियो । स्थानीय सुरैतलाल यादवको जाहेरी तात्कालीन सरकार वादी रहेको मुद्दामा तत्कालीन इलाका अदालत हनुमाननगरले २०२३ भदौ ३ मा यादवलाई कैद फैसला गरेको थियो । यस्तै सुरैतलालकै जाहेरीले अर्को जालसाज मुद्दामा २०२१ जेठ १९ मा यादवलाई ६ महिना कैद सजाय तोकेको थियो ।

५६ वर्षअघि फैसला गरे पनि उनी प्रहरीको फरार सूचीमा थिए । गत शुक्रबार गाउँबाटै पक्राउ गरिएका उनलाई आइतबार अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?