२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

महोत्तरीका बेपत्ता दम्पती अझै भेटिएनन्

कान्तिपुर संवाददाता

महोत्तरी — सुतेकै ठाउँबाट बेपत्ता भएका महोत्तरीका एक दम्पती ४ दिनसम्म पनि फेला परेका छैनन् । गत सोमबार राति घरबाटै पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसफिर झा र उनकी श्रीमती ६० वर्षकी गीतादेवी बेपत्ता भएका थिए ।

उनीहरू बेपत्ता भएको बुझेपछि बुहारी उषादेवीले प्रहरीलाई खबर गरेकी थिइन् ।

मंगलबार बिहान प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत घटनास्थल पुगेको थियो । रातको समय पर्खाल नाघेर अज्ञात व्यक्ति घरमा पसेको र दम्पतीलाई कुटपिट गर्दै घिसारेर लगिएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

१२ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिसके पनि सत्यतथ्य पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीका प्रमुख एसपी टीकाबहादुर केसीले बताए । उनीहरू सुतेको कोठामा रगतका छिटाजस्तो देखिएकाले दम्पतीको हत्या गरी बेपत्ता पारिएको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?