कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ

अवधेशकुमार झा

राजविराज — स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ

नेपाल भारत सीमा नाका तिलाठीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिक जाँच्ने क्रममा ती दुई महिलासँग १० लाख नेपाली रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत देखाउन नसकेकोले निण्न्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ की कविता दास र रिंकु दास रहेको उनले बताए । ‘शंका लागेर जाँच्दा १० लाख रुपैयाँ फेला पर्‍यो,’ सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।’

प्रकाशित : फाल्गुन ११, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?