कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दम्पतीलाई आक्रमण गरी बेपत्ता पारिएको भन्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध

सन्तोष सिंह

पिपरा, महोत्तरी — महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै  स्थानीयले मंगलबार यातायात अवरुद्ध गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले  जलेश्वर–जनकपुर सडकमा गाडी ठप्प पारेका हुन् । 

दम्पतीलाई आक्रमण गरी बेपत्ता पारिएको भन्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध

साेमबार राति घरमै सुतेका सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीतादेवी बिहान नभेटिएको परिवारले जनाएको छ । राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको झाका नाति सुजितकुमारले दाबी गरे । घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको उनको भनाइ छ।

दुवै जना सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । ‘दुवै जनाको खोजी भइरहेको छ,’ उनले भने । बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

झाको घरमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए । स्थानीयका अनुसार झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति हुन् । उक्त मुद्दा अदालतमा विचाराधीन छ । जग्गावालासँग झाको विवादसमेत भएको स्थानीयले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?