१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको संग्रामपुरबाट बिहीबार मोथियाहीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु भएको छ । ट्र्याक्टरमा सवार ७ महिला घाइते छन् ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

संग्रामपुरबाट ना ७ त १३२५ नम्बरको ट्र्याक्टरमा मोथियाही भन्ने गाउँमा आउँदै गर्दा चन्द्रपुर–१० पडहरिया चोक नजिक सडकबाट तल खसेर दुर्घटना हुँदा त्यसमा सवार चन्द्रपुर–९ चेतनगर बस्ने ६५ वर्षीया कलावती चौधरीको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामीछानेले बताए । दुर्घटनामा घाइते अन्य ७ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते कलावतीको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । संगामपुरबाट चन्द्रपुर नगरपालिका–६ स्थित मोथियाहीमा विवाहपछि ढोगभेट फुकाउन आएका महिलाहरु दुर्घटनामा परेका हुन् । ट्र्याक्टर सडकबाट तल पल्टिएर दुर्घटना भए लगत्तै चालक फरार छन् । फरार चालकको खोजी भइरहेको इलाका प्रहरीले जनायो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको जनायो ।

प्रकाशित : फाल्गुन ६, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?