कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतबाट अवैध रुपमा ल्याइँदै गरेको २५ लाखबराबरको घडी बरामद

शिव पुरी

रौतहट — रौतहट भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बराबरको १४ थान राडो ब्राण्डका घडीसहित बुधबार सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

भारतबाट अवैध रुपमा ल्याइँदै गरेको २५ लाखबराबरको घडी बरामद

रौतहटको ईशनाथ नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखापबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको राडो ब्रण्ड कम्पनीको १४ वटा हाते घडीसहित गौर नगरपालिका–५ पोखरीया बस्ने १८ वर्षीय निजामुद्धिन खानलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी प्रमोद भारतीले बताए । उनका अनुसार ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका खानलाई सशस्त्रको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा घडी फेला परेको हो ।

सशस्त्रले खानले चढेको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७७ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?