कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वन्यजन्तु निगरानी गर्न जंगलमा क्यामेरा

शिव पुरी

रौतहट — वन्यजन्तुको संरक्षण र निगरानीका लागि भन्दै डिभिजन वनले जिल्लाका राष्ट्रिय वन क्षेत्रहरुमा क्यामेरा जडान गरेको छ । यसले वन्यजन्तुको गतिविधिका साथै चोरी शिकारीको निगरानीमा समेत मद्दत पुग्‍ने वन कार्यालयले जनाएको छ ।

वन्यजन्तु निगरानी गर्न जंगलमा क्यामेरा

वन्यजन्तु अपराध नियन्त्रण इकाई समितिका संयोजक एवं डिभिजन वन प्रमुख विनोद सिंहले पछिल्लो समय बाघ, भालु, चितुवा, सालक जस्ता वन्यजन्तु जिल्लामा देखिन थालेपछि क्यामेरा ट्रायाप राखिएको बताए । राष्ट्रिय वनभित्र वन्यजन्तुको गतिविधि पत्ता लगाउन क्यामेरा जडान गरेको र क्यामेरामा वन्यजन्तुहरु कैद भएको जानकारी दिए ।

विभिन्न क्षेत्रमा १७ जोडी क्यामेरा जडान गरिएको छ । यसका लागि एक महिनादेखि वनका प्राविधिकहरु जंगलभित्र खटेका छन् ।

पर्याप्त घोल, झाडी र सिमसारका कारण यहाँका जंगलहरुमा वन्यजन्तुको उपस्थिती बढेको कार्यालयले जनाएको छ । यहाँका जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा, हात्ती, बाघ पनि आउने गरेका छन् । दुईवर्ष अघि चितवन निकुञ्जबाट बासस्थानको खोजीमा दुई वटा एकसिंगे गैंडा रौतहटको जंगल आएको थियो । यहाँस्थित चोचो वन सेक्टर अन्तर्गतको आँबुखोला नजिक घोलमा रमाउदै गैंडा बसेको थियो । दुई मध्ये एकलाई सिकारीले गैंडाटारको जंगलभित्र गोली हानी घाइते बनाएको थियो । उपचारका क्रममा उक्त गैंडा केही समयपछि मरेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?