१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धनुषामा बालिका बलात्कार आरोपमा २ पक्राउ

सन्तोष सिंह

जनकपुरधाम — धनुषामा बालिका बलात्कारको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा शम्भु भनिने ओमनारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा बालिका बलात्कार आरोपमा २ पक्राउ

बालिका बलात्कार गर्न यादवलाई सहयोग गर्ने मुस्कान खातुनलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मुस्कान खातुनले बालिकालाई आफ्नै कोठामा बोलाएर विभिन्न प्रलोभन र डर देखाएर यादवबाट बलात्कार गर्न लगाएका थिए । खातुन लक्ष्मीनियाँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । बालिका गर्भवती बनेको घटना परिवारले थाह पाएपछि प्रहरीमा उजुरी गरेका छन् । प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति लक्ष्मिनियाँ गाउँपालिका –४ बाट पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जना स्थानीय हुन् ।

गर्भवती बालिकाको प्रादेशिक अस्प्ताल जनकपुरमा नियमित जाँच भइरहेको छ । बालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ओरक नेपालको जनकपुरस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ । बालिका ७ महिनाको गर्भवती रहेकोले उनको जन्मिने बच्चाको स्वास्थ्य अवस्थाबारे अस्पतालबाट विस्तृत जानकारी नआएको प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : माघ ३०, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?