१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति १३ वर्षपछि पक्राउ

सुनिता बराल

महोत्तरी — २०६४ सालमा महोत्तरी महदैयातपनपुर ५ कीविना देवी सहनीको हत्या घटनामा दोषी ठहरिएका एक व्यक्तिलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी महदैया तपनपुर घर भई हाल जनकपुर २१ बस्ने शंकर साह सुडी रहेका जिल्ला प्रहरी कार्यालय प्रहोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति १३ वर्षपछि पक्राउ

घरायसी वादविवादका कारण परिवार र छिमेकी मिली आफ्नै कोठामा हत्या गरिएको अवस्थामा भेटिएकी विनादेवीलाई विष खुवाई घाँटी थिची मारेको अदालतले ठहर गरी सुडीलाई अदालतले २० वर्ष कैद सजाय तोकेको थियो । मुद्दाको फैसल्ला भएपछि सुडी फरार रहेका थिए ।

विशेष सूचनाको आधारमा जलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई महोत्तरी र धनुषाको सीमानाबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला अदालत जलेश्वरमा बुझाएको प्रवक्ता विष्टले जानकारी दिए । एक वर्ष अघिमात्रै प्रहरीले उक्त घटनाकै अर्का फरार अभियुक्त मृतकका देवर राजकुमार सहनीलाई पक्राउ गरी अदालतलाई बुझाएको थियो । सोही घटनाका दोषी ठहर भई अदालतले २० वर्ष कैद सजाय सुनाएका मृतकका ससुरा शंकर सहनी र सासु चन्दरदेवी सहनी अझै फरार रहेका प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ २१, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?