स्कुटरमा लागूऔषध तस्करी

भूषण यादव

वीरगन्ज — भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको स्कुटरबाट पर्सा प्रहरीले लागूऔषध बरामद गरेको छ ।

स्कुटरमा लागूऔषध तस्करी

शुक्रबार २ बजे सीमावर्ती रक्सौल बजारबाट वीरगन्ज आइरहेको ना.२५प ४२१६ नम्बरको स्कुटरलाई वीरगन्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चोकमा इनर्वा प्रहरी चौकीको टोलीले चेकजाँच गर्दा सिटमुनि लुकाएर राखेको अवस्थामा लागू औषध बरामद भएको हो । प्रहरीले स्कुटरमा सवारलाई समेत नियन्त्रणमा लिएको छ ।

लागूऔषध विंग्स ब्योटेक ओनेरेक्स एक सय बोत्तल, नुर्फिन १५२ एम्पुल, फेनार्गन १५२ एम्पुल, डाईजोपाम १५२ एम्पुल गरी ४५६ एम्पुल(पिस) लागूऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जनाए ।

स्कुटरमा सवार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ निवासी २५ वर्षीय साजत थिङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत माघ १ यता एक हजार एक सय ८५ एम्पुल नुर्फिन, एक हजार एक सय ७४ पिस निट्राभेट ट्याब्लेट र ५ सय ८६ बोतल कोरेक्स बरामद गरेको छ । लागूऔषध ओसोरपसारमा संलग्न रहेको एक महिला सहित ७ जनालाई नियन्त्रणमा लिएको प्रवक्ता समेत रहेका कुँवरले जनाए ।

प्रकाशित : माघ १६, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?