कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाराका सीमा नाका शनिबारदेखि मात्रै खुल्ने

लक्ष्मी साह

बारा — बाराका सिम्रौनगढ र मटिअर्वा नाका खोल्ने सरकारले निर्णय गरेपनि शुक्रबारसम्म नाका खुलेको छैनन् । गत माघ ११ मा सरकारले देशका ३० नाका खोल्ने निर्णय गरेपनि बिहीबारमात्र गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

बाराका सीमा नाका शनिबारदेखि मात्रै खुल्ने

दुवै नाकामा अहिलेपनि पहिले जस्तै तारबार लगाई राखिएको नाकाका सशस्त्र प्रहरीले जनाएको छ । भारतसित जोडिएका यी दुवै नाकामा चहलपहल छैन ।

नाका खोल्न आधिकारिक रूपमा परिपत्र नआइसकेकोले खुल्न नसकेको सिम्रौनगढ सशस्त्र प्रहरीका बीओपी इन्चार्ज प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए । नाका भएका सिम्रौनगढ र कलैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई शुक्रबार बैठक डाकेर नाका खुलाउन हेल्थ डेस्क स्थापनालगायतका बन्दोबस्त मिलाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।

नाका खुलेपछि यी दुवै छोटी भन्सारमा कर्मचारी राख्न भन्सारका प्रमुखसित समन्वय भइरहेको उनको भनाइ छ । सबै बन्दोबस्त गरेर शनिबारदेखि नाका खोल्ने उनले बताए ।

प्रकाशित : माघ १६, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?