बारामा सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन

लक्ष्मी साह

बारा — नेपाली सेनाले सिम्रौनगढ नगरपालिकाअन्तर्गतका सात सय जनाको आइतबार नि:शुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको छ ।

बारामा सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन

प्रदेश २ का सामाजिक विकास मन्त्रालय, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, सिम्रौनगढ नगरपालिका र कलैयास्थित चन्दननाथ गणको समन्वयमा सेनाको २८ नम्बर बाहिणीले सर्वसाधारण नागरिका स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको हो । शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरुले सेवा लिएका छन् ।

‘आर्थिक अभावले उपचार गराउन नपाएपछि रोगले थलिएका अधिकांश रोगीहरुले सेवा लिएका छन्,’ २८ नम्बर बाहिणी जीतपुर सिमराका बाहिणीपति जोनसन खड्काले भने, ‘शिविरले मुटु, हाडजोर्नी, श्वासप्रश्वास, आँखा, पाठेघर रोगसम्बन्धी सेवा दिएको छ ।’

कोरानाको महामारी र चिसोले उपचार गराउन नपाएका रोगीहरुले घरआँगनमै नि:शुल्क सेवा पाएपछि खुसी देखिन्थे । ‘दु:खको बेला नेपाली सेना, जनतासँग’ भन्ने सेनाको कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको चन्दननाथ गणले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?