कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा बुधबार राति ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

हुलाकी सडकखण्डअन्तर्गत खड्ग नगरपालिका-११ बनौली मा प्रदेश २-०१-००१- प ६१४६ नम्बर ३ जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा चालक खड्ग नगरपालिका ११ का २१ वर्षीय सिबेन्द्र साह र बीचमा बसेका सोही ठाउँका २५ वर्षीय अरविन्द यादवलाई उपचार का लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटर साइकलको पछाडि बसेका सोही ठाउँका सुनिल चौधरी गम्भीर घाइते भएका छन्। टाउको र शरीरका अन्य भागमा चोट लागेका चौधरीको राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?