१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नौ लाखभन्दा बढी अवैध रकमसहित सिरहाबाट दुई जना पक्राउ

भरत जर्घामगर

सिरहा — अवैध रकमसहित प्रहरीले बुधबार सिरहाबाट दुई जनालाई पक्राउ गरेको छ ।

नौ लाखभन्दा बढी अवैध रकमसहित सिरहाबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा स्रोत नखुलेको अवैध ९ लाख ३९ हजार ९ सय १५ नेपाली रुपैयाँसहित बरियारपट्टी गाउँपालिका–२ का ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुरलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चार दिनअघि पनि अवैध रकमसहित प्रहरीले सिरहा हकपाराका एक जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : पुस २९, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?