३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘सीमा नाका चाँडै खुल्छ’

लक्ष्मी साह

बारा — उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ले लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका छन् । बाराको कलैयामा सोमबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सीमा नाका चाँडै खुल्छ’

‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उनले भने, ‘सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे । ‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाई राख्नुपर्छ,’ उनले भने ।

बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिए । सम्बोधनको क्रममा मन्त्री पोखरेलले नेकपा अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसकिने बताए ।

प्रकाशित : पुस २७, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?