३१ लाख अवैध रकमसहित पक्राउ- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३१ लाख अवैध रकमसहित पक्राउ

भरत जर्घामगर

सिरहा — अवैध रकमसहित प्रहरीले सिरहाका हकपाराका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जाँचका क्रममा स्रोत नखुलेको अवैध ३१ लाख ८९ हजार रुपैयाँसहित सिरहा नगरपालिाका–२२ का ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवसहित नगद कारबाहीका लागि ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : पुस २६, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

खोलाको जग्गा हाउजिङको नाममा दर्ता गराएको आरोपमा १८ जनाविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख रुपैयाँका दरले जरिवाना मागदाबी गरेको छ ।

अख्तियारले नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, नासुहरु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेललाई भ्रष्टाचारमुद्दा लगाएको हो ।

त्यसैगरी युरो हाउजिङ प्राली, यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरु गुणीकाजी मानन्दर, योगेश्वर कृष्ण पराजुली, कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बविन मानन्धर र उज्जल मानन्धरलाई भ्रष्टाचारमुद्दा चलाएको हो । अख्तियारले काठमाडौं अस्पताल प्रालीका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य र डा. दुर्गामान जोशी अनि श्रीमती दुर्गेश नन्दिनी भट्टचनलाई पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।

कर्मनासा खोला र आसपासको सार्वजनिक जग्गालाई मिलेमतो गरी हाउजिङका नाममा दर्ता गरिएको आरोप उनीहरुमाथि छ ।

अख्तियारको दाबी अनुसार, उक्त जग्गा २०२२ सालको नापीमा सार्वजनिक भनी जनिएको थियो । मिचिएको जग्गा करिब ८ रोपनी १२ आनाको छ । अख्तियारले सार्वजनिक जग्गा पटक-पटक खरिदबिक्री हुँदै घर बनाएका ३३ जनामाथि समेत मुद्दा दायर गरेको छ ।

प्रकाशित : पुस २६, २०७७ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×