कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सर्लाहीमा मालपोतका दुई कर्मचारी घूससहित पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सेवाग्राहीसँग लिएको घूस रकमसहित सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका नायब सुब्बा र एक लेखनदास पक्राउ परेका छन् ।

सर्लाहीमा मालपोतका दुई कर्मचारी घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ११ हजार घूस रकमसहित मालपोत कार्यालयका नायब सुब्बा बेदनिधि बराल र लेखनदास रामसुन्दर महतोलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीको सूचनाको आधारमा बिहीबार कार्यालय सुरु भएसँगै अख्तियारको टोलीले लेखनदास महतोलाई खान तलासी गर्दा सो रकम बरामद भएको थियो । महतोसँग सोधपुछको क्रममा र माबाइल कल रेकर्डको आधारमा नायब सुब्बा बराल पनि पक्राउ परेका हुन् । सेवाग्राहीसँग घूस रकम लिन नासु बरालले आफूलाई खटाएको महतोले अख्तियार टोली समक्ष बयान गरेका थिए ।

लालपुर्जामा नाम सच्याउनका लागि ११ हजार घुस रकम लिएको सेवाग्राहीको भनाइ छ । लेखनदास महतोले पहिला १८ हजार माग गरेकोमा पछि ११ हजारमा तय भएको थियो । चिया तथा खाजा खर्च भन्दै घूस रकम माग गरेपछि सेवाग्राहीले अख्तियारलाई गुहारेका थिए । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लगिएको अख्तियारले जनाएको छ । मालपोतमा चिया र खाजा खर्च भन्दै पटकपटक रकम उठाउने गरिएको सेवाग्राहीको गुनासो छ ।


प्रकाशित : पुस २३, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?