१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सेनाको गाडीको ठक्करबाट एकको मृत्यु

अवधेशकुमार झा

राजविराज — नेपाली सेनाको गाडीको ठक्करबाट बुधबार सप्तरीमा एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका-१ रुपनी चोकमा सेनाको बा १ ग १९८१ नम्बरको वानटन गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ का ६५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएक चौधरीलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरव दल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको वानटनले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालक धरान १७ का मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : पुस २२, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?