२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गाउँमा सेनाको स्वास्थ्य शिविर

रौतहट — नेपाली सेनाले राजपुर–९ बैरियामा मंगलबार स्वास्थ्य शिविर गरेको छ । ओपीडी र दाँतका रोगको उपचार सेवा दिइएको एकदिने शिविरमा जँचाउन आउनेको भीड लागेको थियो ।

गाउँमा सेनाको स्वास्थ्य शिविर

नेपाली सेनाको श्रीनम्बर २८ बाहिनी अड्डा जितपुरको टोलीलाई शिविरका लागि औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय र सैनिक अस्पतालले सघाएको थियो ।

सेनानी नरबहादुर कार्कीको नेतृत्वमा प्राविधिक सहसेनानी डा. श्रीस्ना प्रधानसहित २२ जना स्वास्थ्यकर्मी सम्मिलित टोलीले स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको थियो ।

प्रकाशित : पुस २१, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?