हतियारसहित दुई भारतीय पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीबाट सशस्त्र प्रहरीले हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढीका १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास रहेका छन् ।

हतियारसहित दुई भारतीय पक्राउ

शुत्रबार राती मनरासिस्वा नगरपालिका–१० स्थित मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग झगडा गरेर दशगजातिर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रको बोर्डर आउट पोस्ट मरुवाहीबाट खटेको घुम्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ राउन्ड (७.६५ सेमी) लोडेड अटोमेटिक पेस्तोल १ नाल र स्प्रिङ चक्कु १ थान बरामद गरिएको सशस्त्र प्रहरी–९ नम्बर गण जलसागर महोत्तरीका एसपी सुरेश सापकोटाले जानकारी दिए ।


पक्राउ परेका दुई व्यक्तिमाथि थप अनुसन्धान गर्न माग गर्दै हतियारसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको एसपी सापकोटाले जनाए ।

प्रकाशित : पुस १८, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?