कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेश २ मा नेता मण्डलविरुद्ध दाहाल–नेपाल समूहको अविश्वास प्रस्ताव

अजित तिवारी

जनकपुर — प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनरायण मण्डलविरुद्ध दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । असंवैधानिक संसद् विघटनलाई समर्थन गर्दै मण्डल ओली समूहमा गएपछि १७ जना सांसदको हस्ताक्षरसहित दाहाल–नेपाल समूहले प्रदेशका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश २ मा नेता मण्डलविरुद्ध दाहाल–नेपाल समूहको अविश्वास प्रस्ताव

शुक्रबार दाहाल–नेपाल समूहले जनकपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य शत्रुधन महतोले मण्डलविरुद्ध दुई दिनअघि नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए । पार्टी सचेतक बेची लुंगेलीका अनुसार अविश्वासको प्रस्ताव ल्याउने विषयमा ५/६ दिनअघि नै निर्णय गरिएको थियो । मण्डललाई हटाएर शत्रुधन महतोलाई दलको नेता चयन गर्ने दाहाल–नेपाल पक्षका सांसदहरुको तयारी छ । ३२ जना प्रदेशसभा सदस्यहरुमध्ये १९ जना सांसदको आफूहरुलाई साथ रहेको लुंगेलीको दाबी छ ।

बिहीबार सम्पन्न दाहाल–नेपाल समूहको नेकपा प्रदेश कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध एक हजार एक सदस्यीय प्रदेशस्तरिय संघर्ष समिति गठन गरिएको नेकपा प्रदेश सह–इन्चार्ज विश्वनाथ साहले बताए । उनकै संयोजकत्त्वमा गठित संघर्ष समितीले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : पुस १७, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?