२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राजावादीकाे प्रदर्शनमा अवराेध

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजमा राजा र राजसंस्था पुन:स्थापनाको मागसहित प्रदर्शन गर्न खोज्नेहरूलाई अन्य दलका कार्यकर्ताले अवराेध पुर्‍याएका छन् ।

राजावादीकाे प्रदर्शनमा अवराेध

राजविराजको शिव मन्दिर अगाडिबाट सप्तरी समाजको नाममा राजावादीहरुले मंगलबार बिहान राजा र राजसंस्थाको पक्षमा प्रदर्शन गर्न खोजेका थिए । नेपाली कांग्रेस, नेकपाको दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी आवद्ध युवा विद्यार्थी हरुले राजावादीहरुको ब्यानर खोसेका थिए । सो क्रममा केहीबेर तनाव भएको थियो ।

गणतन्त्रलाई मास्ने काम स्वीकार्य नहुने भन्दै युवा विद्यार्थीहरू प्रतिवादमा उत्रेका हुन् । उनीहरूले राजावादीहरुको ब्यानरमा आगो समेत लगाएका थिए । युवा विद्यार्थीको प्रतिवाद पछि राजावादीहरु भागेका थिए । प्रतिरोधमा उत्रेका युवा विद्यार्थीहरू राजविराजमा प्रदर्शन गरिरहेका छन् भने राजावादीहरुले प्रदर्शन गर्ने तयारीमा छन् । अवस्था तनावपूर्ण रहेका ले व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : पुस १४, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?