संसद् विघटनको सिफारिस असंवैधानिक भएकाे भन्दै बारामा युवाहरूको प्रदर्शन

लक्ष्मी साह

बारा — प्रधामन्त्री केपी शर्मा ओलीकाे संसद् विघटन सिफारिस असंवैधानिक भएकाे भन्दै बाराकाे कलैयामा राजनीतिक दलसम्बद्ध युवाहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।

संसद् विघटनको सिफारिस असंवैधानिक भएकाे भन्दै बारामा युवाहरूको प्रदर्शन

नेकपा, कांग्रेसलगायत जनता समाजवादी पार्टीसम्बद्ध युवाहरूले उक्त कदम असंवैधानिक भएकाे भन्दै राष्ट्रपतिलाई स्वीकृत नगर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीकाे उक्त कदमप्रति जिल्लामा सर्वत्र विराेध भइरहेकाे छ । लाेकतान्त्रिक व्यवस्था नै धरापमा पार्ने प्रधानमन्त्रीकाे संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने उनीहरूले माग गरेका छन् ।

प्रदर्शन राेक्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ ।

प्रकाशित : पुस ५, २०७७ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?