२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हात्तीले लखेट्दा लडेर एक जनाको मृत्यु

अवधेशकुमार झा

राजविराज — जंगली हात्तीले लखेट्दा लडेर सोमबार बिहान सप्तरीमा एक जनाको मृत्यु भएको छ ।

सुरुङ्गा नगरपालिका-३ दौलतपुर का ७० वर्षीय सीताराम साहको हात्ती लखेट्दा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा सुतिरहेका साह पिसाब फेर्न उठेका बेला आएको २ वटा जंगली हात्तीले लखेटेपछि भाग्ने क्रममा लडेर घाइते भएका थिए । लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?