कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रौतहटका आठवटा क्रसर उद्योग बन्द गर्न निर्देशन

शिव पुरी

रौतहट — जिल्लाका विभिन्न स्थानीय तहमा मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन गरिँदै आएको अनुगमन समितिले फेला पारेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी स्थानीय तहको अनुमतिबेगर चल्दै आएका ८ वटा क्रसर उद्योग समितिको प्रतिवेदनपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ ।

रौतहटका आठवटा क्रसर उद्योग बन्द गर्न निर्देशन

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो । बैठकअघि समितिले क्रसरहरूको स्थलगत अनुगमन गरेको थियो । सोही अनुसार वृन्दावन नगरपालिका–८ स्थित श्रीराम जानकी क्रसर उद्योग, फतुवा विजयपुर नगरपालिका–८ को सुमुख क्रसर उद्योग, गरुडा नगरपालिका–५ स्थित शिवशंकर क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘नियमविपरीत निर्बाध रूपमा क्रसरहरू सञ्चालनमा छन् भन्ने सूचना आएपछि हामीले अनुगमन टोली बनायौं,’ उनले भने, ‘दर्ताबिना र स्थानीय तहको अनुमतिबेगर सञ्चालन गरिएको पाइएकाले त्यस्ता क्रसर बन्द गर्न पत्राचार गरिसकेका छौं ।’

प्रजिअ यादवका अनुसार वृन्दावन नगरपालिका–१ मा रहेको संकटमोचन वासिङ उद्योग, शिवम बालुवा वासिङ उद्योग, चन्द्रपुर नगरपालिका–८ मा रहेको आश्रय अस्फाल्ट एन्ड क्रसर उद्योग, गुजरा नगरपालिकास्थित रमन सगरमाथा जेभी र फतुवा–विजयपुरको श्रेष्ठ ढुकुछु मृत सञ्जीवनी जेभी क्रसर उद्योग बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित : मंसिर २६, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?