कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फोहोर नउठाउँदा जनकपुर दुर्गन्धित

सन्तोष सिंह

धनुषा — जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र दुर्गन्धित बनेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक दुर्गन्धका कारण नाक खुम्च्याएर फर्किन बाध्य छन् ।

फोहोर नउठाउँदा जनकपुर दुर्गन्धित

एक सातादेखि नउठाउँदा जानकी मन्दिर प्रवेश गर्ने ढोका, अन्य मठमन्दिर, पोखरी, तलाव र बजार क्षेत्रमा फोहोर थुप्रिएको हो । बजारको होटल, पसल अगाडीबाट फोहोर उठ्न नसक्दा आवतजावतमा समेत समस्या हुन थालेको छ । जनकपुरधामको प्रमुख चोकहरु, बसपार्क, भैरवचोक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पुलचोकसहितका स्थानमा विहानै फोहोर व्यवस्थापन नहुँदा सहर कुरूप देखिएको हो ।

वर्षौंदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आएपनि सुनुवाइ भने अहिलेसम्म पनि भएको छैन ।

स्थानीयले फोहोर फाल्ने ठाउँको व्यवस्था नभएकाले सडक किनारमै फाल्नुपर्ने बाध्यता रहेको बताए । स्मार्ट सिटीको परिकल्पना गरिएको जनकपुर बजारमा दुर्गन्ध बढ्दै गएको भएपनि उपमहानगरपालिकाको ध्यान दिएको छैन ।

फ्याक्ने स्थान नहँदा फोहर संकलन नगरिएको जनकपुरधामका सरसफाइ प्रमुख उपेन्द्र साहले बताए । उपमहानगरले महिनेपिच्छे फोहर थुपार्ने स्थानको समस्या हुँदै आएको जनाएको छ । उपमहानगरले सरसफाइका लागी स्वीपर १ सय जना, ड्राइभर ८ जना, ६ वटा ट्याक्टर, ४ वटा टिपर, २ कन्टेनर र २ लोडर राखेको प्रमुख साहले बताए ।

प्रकाशित : मंसिर २५, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?