शौचालय सफा गर्ने क्रममा निस्सासिएर १ को मृत्यु

भरत जर्घामगर

सिरहा — नयाँ शौचालयको हद सफा गर्ने क्रममा निस्सासिएर सिरहामा बुधबार एक जनाको मृत्यु भएको छ । तीन जना बेहोस छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जिल्लाको विष्णुपुर गाउँपालिका–४ थलहाकटहामा नयाँ शौचालयको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा निस्सासिएर कल्याणपुर नगरपालिका–१ का ५० वर्षीय सुरज पासवानको मृत्यु भएको हो ।

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा सिरहा सुखिपुर नगरपालिका–५ का १८ वर्षीय राम सिहेश्वर सदा, कल्यापुर नगरपालिका–१ का ४७ वर्षीय देवनारायण पासवान र रामऔतार यादव घाइते भएका छन् । निस्सासिएर बेहोस घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकलाई निकाल्न सेप्टिक ट्यांकीभित्र प्रवेश गर्दा तीन जना बेहोस भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

करिब २० दिन अघि निर्माण गरिएको सेप्टिक ट्यांकी ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि अक्सिजन अभावले मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?