कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जगदम्बा स्टिल्स उद्योगमा फलाम गलाउने भट्टी विस्फोट, ४ घाइते

लक्ष्मी साह

बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्स उद्योगमा शनिबार फलाम गलाउने भट्टी  विस्फोट  हुँदा ४ जना मजदुर घाइते भएका छन् ।

घाइतेमध्ये १ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सर्लाहीका ३२ वर्षीय विकिन्द्र यादवलाई थप उपचारका लागि काठमाडौं पठाएको डीएसपी दीपक श्रेष्ठले बताए ।

सर्लाहीकै बरहथवा नगरपालिका-५ का २३ वर्षीय मुकेश साहको वीरगन्ज हेल्थ केयरमा अस्पतालमा उपचार भइरहेको छ । २ जना भारतीय मजदुर स्थानीय अस्पतालमा उपचार गराएर घर फर्केका छन् । भट्टी विस्फोट भएपछि आगोको ज्वालाले पोलेर मजदुर घाइते भएका हुन् ।

प्रकाशित : मंसिर १३, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?