कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिराहमा सवारी साधन ठोक्किँदा २ जनाको मृत्यु

भरत जर्घामगर

सिरहा — सिरहामा सवारी दुर्घटना हुँदा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत पदमपुरमा बिहीबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । 

सिराहमा सवारी साधन ठोक्किँदा २ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका अनुसार दुर्घटनामा सिरहा नगरपालिका–११ भलुवाहीका २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई एम्बुलेन्समा सिरहा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?