२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बलात्कार आरोपमा धर्मगुरु पक्राउ

भरत जर्घामगर

सिरहा — जबरजस्ती करणी आरोपित मुस्लिम धर्मगुरु मौलवीलाई प्रहरीले लहान बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० का मोहम्मद अली हसन रहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा क्षेत्रीले बताए ।

बलात्कार आरोपमा धर्मगुरु पक्राउ

उनका अनुसार लहान नगरपालिका–७ की एक २३ वर्षीया मुस्लिम युवतीलाई पक्राउ परेका आरोपितले बलात्कार गरेको आरोप छ ।

अली हसनले लहान नगरपालिका–१० स्थित डेरामा झारफुकको नाममा बलात्कार गरेको पीडित पक्षको आरोप छ । उनीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत अदालतले बुधबार ५ दिनको म्याद थप गरेको छ ।


प्रकाशित : मंसिर ११, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?