कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

शिव पुरी

रौतहट — मोटरसाइकल दुर्घटनामा परि जिल्ला एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

बौधिमाई नगरपालिका–९ स्थित सडकमा शनिबार राति प्रहरी हवल्दार प्रवीण सिंहले चलाएको ना ६ प ७४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीसँगै मोटरसाइकलमा सवार स्थानीय राकेश सिंह घाइते भएका छन् । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए ।

दुर्घटनामा गम्भीर घाइते हवल्दार सिंहलाई उपचारका लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत हवल्दार सिंह घर बिदामा रौतहट आएका थिए ।

प्रकाशित : मंसिर ७, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?