१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पर्सामा सशस्त्रका थप तीन बीओपी स्थापना

कान्तिपुर संवाददाता

पर्सा — सरकारले स्वीकृत गरेको १५ महिनापछि पर्सामा सशस्त्र प्रहरीका तीन वटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गरिएको छ । छिपहरमाई गाउँपालिका–१ मिर्जापुर, जिराभवानी गाउँपालिका–१ महादेवपट्टी र ठोरी गाउँपालिका–३ ब्रह्मानगरमा बीओपी सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्य र पर्साका सिडिओ आस्मान तामाङले छुट्टाछुट्टै समारोहबीच बीओपीको उद्घाटन गरे ।

तीन वटै बीओपी गाउँपालिकाहरूले उपलब्ध गराएको सामुदायिक भवनमा सञ्चालन गरिएको र आउँदो ६ महिनाभित्र आफ्नै भवनमा सारिने पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

प्रकाशित : कार्तिक २४, २०७७ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?