बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ

शिव पुरी

रौतहट — जंगलमा घाँस काट्न गएकी बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ ।

चन्द्रपुर नगरपालिका-१ मंगलपुरका शुभराज थापालाई बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

पौराईस्थित पूर्व पश्चिम राजमार्ग सडक छेउको जंगलमा घाँस काट्न गएकी १६ वर्षीया बालिकलाई थापाले बल पूर्वक जंगलको झाडीतिर लगेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको डीएसपी हेमबहादुर शाहीले बताए । ‘युवतीमाथि भएको घट्नाको अनुसन्धान सुरु गरेका छौं,’उनले भने,‘स्वास्थ्य जाँच र सोधपुछ जारी राखेका छौं । एकान्त स्थानमा बलात्कारको प्रयास गरेको रहेछ ।’

पक्राउ परेका थापाले जबरजस्ती करणी गर्न खोजेपछि बालिकाले हो–हल्ला गरेपछि भागेका थिए । घट्ना लगत्तै पीडित परिवारले जाहेरीको आधारमा उनलाई इलाका प्रहरीको टोलीले पक्राउ गरेको हो । थापालाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २२, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बारको कार्यसमितिले शनिबार श्रेष्ठको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन् ।

श्रेष्ठ यसअघि पनि न्याय परिषद्‌मा सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त बनेका थिए । तर पछि भने बारले उनको नाम सिफारिस गरेन ।

बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो ।

प्रकाशित : कार्तिक २२, २०७७ १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×