२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गजेन्द्र नारायण सिंह अस्पतालका एक फार्मासिस्टको कोरोनाबाट मृत्यु

अवधेशकुमार झा

राजविराज — राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक फार्मासिस्टको कोरोनाबाट मृत्यु भएको छ ।

गजेन्द्र नारायण सिंह अस्पतालका एक फार्मासिस्टको कोरोनाबाट मृत्यु

राजविराज-२ का २८ वर्षीय ती फार्मासिस्टको बुधबार बिहान ११ बजे मृत्यु भएको अस्तपालका प्रमुख डाक्टर रञ्जित झाले बताए ।

राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको पुरानो भवनमा रहेको आइसोलेसनमा उपचार गराइरहेका उनको अचानक स्वास्थ्य अवस्था बिग्रिएको केही बेरमै मृत्यु भएको थियो अस्पतालले जनाएको छ ।

राजविराजस्थित आइसोलेसनमा उपचार गराइरहेकै बेला मृत्यु भएको यो पहिलो हो ।

ती फार्मासिस्टलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लक्षण नदेखिएपनि उनी आइसोलेसनमा उपचारत थिए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रकाशित : कार्तिक १९, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?