२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सर्लाहीमा १ हजार ८८ किलो पटाका बरामद

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही प्रहरीले ट्याक्टरमा राखेर अवैध रूपमा भित्र्याइँदै गरेको १ हजार ८८ किलो पटाका बरामद गरेको छ ।

भारतीय सीमावर्ती बलरा नगरपालिका–८ स्थित सडकबाट उक्त पटाका बरामद गरिएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनका अनुसार बरामद गरिएकामा नागिन, भुइँचम्पा, रकेट, छुरछुरी, राधेचक्रलगायत पटाका छन् ।

इलाका प्रहरी कार्यालय गडहियाबाट गस्तीमा खटिएको टोलीले ज१त २१७६–९ नम्बरको ट्य्राक्टरमा त्रिपालले छोपेर ल्याउँदै गरेको अवस्थामा उक्त पटाका बरामद गरेको हो । प्रहरी देखेपछि चालक भने ट्य्राक्टर छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे थप अनुसन्धान गरी मुद्दा चलाइने बताए । अदालतको आदेशमा विस्फोटकजन्य सामग्रीको परीक्षण गराई तिनलाई नष्ट गरिने उनको भनाइ छ । ‘ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद भएको छ, सम्बन्धित व्यक्तिको खोजतलास गरी मुद्दा चलाउँछौं,’ उनले भने, ‘नेपाली नम्बरको ट्य्राक्टर भएकाले यसमा संलग्न उम्किन पाउँदैनन् ।’

प्रकाशित : कार्तिक १८, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?