३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

भरत जर्घामगर

सिरहा — घरायसी विवादमा कुटपिट र घाँटी थिच्दा घाइते भएकी ८५ वर्षीया आमाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सिरहा कर्जन्हा नगरपालिका–३ खैराटोलका छोरा रामअवतार साह सोनारलाई पक्राउ गरेको छ ।

कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ४७ वर्षीय छोरा राम अवतारले घरायसी विवादका क्रममा कुटपिट र घाँटी थिचेर घाइते बनाइएकी ८५ वर्षीया सुदामा देवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

कात्तिक ११ गते घरायसी विवादका क्रममा छोरा रामअवतारले वृद्धा आमालाई कुटपिट र घाँटी थिचेर घाइते बनाएका थिए । घाइते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएपनि सुधार नभएपछि जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा सुदामाको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १६, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?