२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

जनकपुर — इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा प्रदेश २ सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको शुभकामना वक्तव्य जारी गर्दै त्यसको खुशियालीमा शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।


मुख्यमन्त्री राउतले पैगम्बर हजरत मोहम्मदको शान्ति र अहिंसाको प्रेरणादायी उपदेशलाई सबैले मनन् गर्नुपर्ने बताएका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?