कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पोखरीमा डुबेर सिरहामा दाजुभाइको मृत्यु

रासस

लहान — पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् ।

सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७ सय मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिए ।

माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?