१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रशासन कार्यालय रौतहटमा अत्यावश्यकबाहेकका सेवा बन्द

शिव पुरी

रौतहट — कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रशासनले सूचना जारी गर्दै आफ्ना एक कर्मचारीमा संक्रमण देखिएकाले अर्को सूचना नआएसम्मका लागि बिहीबारबाट सेवाहरु बन्द गरिएको जनाएको छ । 

सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ समेतको छलफलपछि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्यहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।‘अन्य कर्मचारीलाई संक्रमण नहोस् भन्नाका लागि आवश्यकबाहेकका सेवाहरु बन्द गरेका छौं,’उनले भने,‘जोखिम न्यूनिकरण गर्न सेवा बन्द गर्नुको विकल्प रहेन ।’

प्रशासनले शान्ति सुरक्षा, ठाडो निवेदन तथा उजुरी, मुद्दाको सुनवाइ र विपद व्यवस्थापन सम्बन्धी सेवाहरु सुचारु रहने जनाएको छ । नागरिकताका लागि सबै कागजपत्र बुझाइसकेको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आएमा उपलब्ध गराइने जनाएको छ ।


प्रकाशित : आश्विन २९, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?