कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जग्गा विवादले रौतहटमा झडप, ४ जना घाइते

शिव पुरी

रौतहट — जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको बिजयपुरमा ऐलानी जग्गाको विषयमा मंगलबार साँझ विवादपछि भएको झडपमा ४ जना घाइते भएका छन्  । बिजयपुर बजारदेखि पश्चिम बडहरवा पुल छेउको ऐलानी जमिनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको प्रहरीले जनायो । झडपमा बिजयपुरका आस महमद, भन्टु साह, रामचन्द्र यादव र श्यामबाबु यादव घाइते भएका छन् । 

श्यामबाबू र रामचन्द्रको टाउकोमा गम्भीर चोट लागेको छ । दुबैलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल वीरगन्ज पठाइएको मेयर गोपालराय यादवले बताए । ‘ऐलानी जमिन व्यक्तिगत प्रायोजन गर्न थालेपछि दुई पक्षबीच भनाभन भएको हो,’उनले भने,‘झडपमा दुबै पक्षका मानिसहरु घाइते छन् ।’

बडहरवा पुलछेउको खाली जमिनमा हिन्दुहरुले छठपर्व र मुस्लिमले दाहपर्व मनाउने गर्थे । उखुको सिजनमा त्यही ठाउँमा सुगर मिलको काँटा राख्ने गरिन्थ्यो । सोही ऐलानी जग्गा केहीले ब्यक्तिगत प्रयोजनको लागि कब्जा गर्न थालेपछि दुई समूहबीच विवाद पछि झडप भएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले विजयपुर क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको र अहिले स्थिति सामान्य भएको बताए ।


प्रकाशित : आश्विन २७, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?