कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धीका विधेयक पारित

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ सभाबाट प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धी दुई विधेयक पारित भएका छन् ।

प्रदेश २ मा प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धीका विधेयक पारित

प्रदेश सभाबाट स्वास्थ्य सेवामा नागरिकको पहुँच र सेवा प्रभावकारी बनाउन समाजिक विकास मन्त्री नवल किशोर साहले सोमबार प्रस्ताव गरेको स्वास्थ्य सेवा सम्बन्धी विधेयक सर्वसम्मत पारित भएको हो । संसदीय समितिमा छलफलपछि सोमबार प्रदेश सभामा मन्त्री साहले स्वास्थ्य सेवा विधेयक पारितका लागि प्रस्ताव गरेका थिए ।

प्रदेशमा उत्कृष्ट कार्य गर्नेलाई प्रदेश सरकार स्थापना दिवसको अवसरमा १५ पदकबाट सम्मन गर्ने विधेयक प्रदेश पदक पनि पारित भएको छ । विधेयकमा सरकारले सम्मानित गर्ने व्यक्तिलाई नगद पुरस्कार समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मनोबल बढाउन सरकारले दिने पदक वितरण गर्दा अख्तियार गर्ने विधि र प्रक्रिया सहि नभए पदकको अपमान हुने भन्दै वितरण समिति प्रभावकारी बनाउन सांसदहरुले सुझाव दिएका छन् ।

बैठकबाट प्रदेश २ को जाँचबुझ आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि विधेयकमा सैद्धान्तिक छलफलपछि सम्बन्धित समितिमा पठाइएको छ । बैठकमा वन विधेयक र दुग्द्य विकास बोर्डको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गरिएको थियो ।

प्रकाशित : आश्विन २६, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?