कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१३१ किलो गाँजासहित एक जना पक्राउ

भूषण यादव

वीरगन्ज — पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरिया टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले एक जना गाँजा कारोबारीलाई पनि पक्राउ गरेको छ । 

१३१ किलो गाँजासहित एक जना पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राति साढे १२ बजे देउरिया टोल निवासी ४० वर्षीय राज ओझैयाको घरमा खनतलासी गर्दा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले जनाए । घरमा गाँजा लुकाएर राखेका औझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको कुँवरले बताए ।

यसैगरी प्रहरीले मंगलबार राति साढे १० बजे पर्साको कालिकामाई गाउँपालिका– १ तीनडुविया निवासी २९ वर्षीय खोवारी प्रसादको घरबाट ८ किलो लागूऔषध अफिम बरामद गरेको थियो

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले अफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले जनाए ।

प्रकाशित : आश्विन २२, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?