कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भरत जर्घामगर

सिरहा — लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टि गाउँपालिका–५ महेशबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको स १ ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा मंगलबार राति एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी स १ ह ३३२० नम्बरको अटोरिक्सामा सवार भगवानपुर बस्ने २० वर्षीया रन्जुकुमारी यादवको उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

सोही अटोरिक्सामा सवार लक्ष्मीपुरपतारी गाउँपालिका–६ का ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका–१ का ३० वर्षीया पुनम यादव घाइते भएको प्रहरीले जनाएको छ । दुवै अटो प्रहरी नियन्त्रणमा रहेका छन् । स १ ह ३३२० नम्बर अटो चालक पक्राउ परेका छन् भने अनटेस्ट अटोका चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन २१, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?