किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषामा किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

धनुषाधाम नगरपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी २० वर्षीय जिबछ रामलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

पीडित किशोरीको परिवारले प्रहरीलाई मंगलबार बलात्कारबारे जानकारी गराएपछि आरोपितलाई तत्कालै पक्राउ गरी अनुसन्धान थालेको ठाकुरले बताए ।

शुक्रबार साँझ घर पछाडी शौच गर्न गएकी ती किशोरीलाई छिमेकी युवकले बलात्कार गरेका पीडित परिवारले जनाएको छ । पीडित किशोरीले अभिभावकलाई जानकारी गराएपछि प्रहरी कार्यालयमा मंगलबार मात्रै उजुरी आएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

पीडित किशोरी र आरोपित युवकको प्रदेश अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।

प्रकाशित : आश्विन २०, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?