कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बलात्कार प्रयास आरोपमा दुई पक्राउ

अवधेशकुमार झा

राजविराज — महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बलात्कार प्रयास आरोपमा दुई पक्राउ

सप्तरी, विष्णुपुरकी ४० वर्षीया महिलामाथि गत १२ गते मध्यराति आफ्नै गोठमा जबर्जस्ती करणीको प्रयास भएको थियो ।

पीडितले प्रहरीमा निवेदन दिए पनि स्थानीय जनप्रतिनिधिले मंगलबार पञ्चायती गरेर मिलाउने तयारी गरेका थिए । घटनाबारे आइतबार कान्तिपुरमा समाचार छापिएपछि आरोपितहरू स्थानीय बचवा सरदार र कोभिया सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘अनुसन्धानका क्रममा दुई जनालाई नियन्त्रणमा लिएका हौं । अनुसन्धानपछि थप कुरा बाहिर आउँछ,’ सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले भने ।

प्रहरीले आइतबार पीडित महिलासँग पनि सोधपुछ गरेको छ । आरोपितको जिम्मा लिएर पञ्चायतीमा मिलाउन खोजेका वडाध्यक्ष बहादुर सदा र वडा सदस्य रामकुमार रायसँग पनि प्रहरीले बयान लिएको छ । पीडित महिलाका पतिले आफूहरूलाई सोमबार बिहान पनि प्रहरी कार्यालयमा बोलाइएको जानकारी दिए ।

प्रकाशित : आश्विन १८, २०७७ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?