२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उखुबारीमा किशोरीको शव फेला

कान्तिपुर संवाददाता

रौतहट — वृन्दावन नगरपालिका–४ मा शुक्रबार साँझ १३ वर्षीया सन्जाकुमारी साहको शव शंकास्पद अवस्थामा फेला परेको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिए पनि पुष्टि हुन सकेको छैन । गढीमाई नगरपालिका–१ समनपुर घर भएकी उनी वृन्दावन–४ पलटुवास्थित मामा बैनाथी साहको घरमा बस्दै आएकी थिइन् ।

स्थानीय होसनारायण यादवको उखुबारीमा शुक्रबार बिहान ९ बजे घाँस काट्न गएकी उनी अबेरसम्म नआएपछि खोजी गरिएको थियो । गाउँका रामएकवाल यादवका अनुसार सन्जाको शरीरमा एउटा पनि कपडा थिएन । ‘उनको बलात्कारपछि हत्या गरिएको हुन सक्छ,’ उनले भने, ‘घाँटीमा पनि चोट देखिएकाले घटना शंकास्पद छ । यसको यथार्थ अनुसन्धान हुनुपर्छ ।’ किशोरीका बुबा सीताराम साह कानुले पनि छोरीको हत्या भएको बताएका छन् ।

जिल्ला प्रहरीका डीएसपी भरत श्रेष्ठले किशोरीको शंकास्पद मृत्यु भएको बताए । इलाका प्रहरी गरुडाबाट समेत डीएसपी रवि रावलको टोली घटनास्थल पुगेको छ । किशोरीको शव उखुबारीबाट उठाइएको छैन । राति भएकाले प्रहरीले शनिबार बिहानबाट थप अनुसन्धानमा जुट्ने जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?