नदीबाट अवैध उत्खनन् गर्ने १२ वटा टिपर र ट्याक्टर नियन्त्रणमा

सुनिता बराल

महोत्तरी — महोत्तरीको रातुखोलामा अवैध उत्खनन् गरेर नदीजन्य पदार्थ बोकेका १२ वटा सवारी साधनलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

नदीबाट अवैध उत्खनन् गर्ने १२ वटा टिपर र ट्याक्टर नियन्त्रणमा

जिल्ला समन्वय समितिले अनुगमनको क्रममा खोलामा भेटिएका ६/६ वटा टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिइ कारबाही गरिएको समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले बताए ।

खोलाबाट अवैध उत्खनन् गरि नदीजन्य पदार्थ बोकेर बिक्रीका लागि हिँडेका ती सवारी साधनलाई इलाका प्रहरी कार्यालय बर्दिवास र नगरपालिका पठाइएको छ । ६ वटा टिपर र २ वटा ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी महोत्तरीका एसपी सुरेश सापकोटाले जनाकारी दिए । खोलाबाटै नियन्त्रणमा लिइएका अन्य ४ वटा ट्याक्टर इलाका प्रहरी कार्यालय बर्दिवासमा रहेको डीएसपी राजन चापागाईंले जानकारी दिए ।

ती सवारी साधनले आवश्यक कागजपत्र नदेखिएपछि खोलाबाटै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो । समन्वय समितिका प्रमुख,प्रमुख जिल्ला अधिकारी, बर्दिवास नगरपालिकाका मेयर विदुर कार्की,सुरक्षाकर्मी,लगायतको टोलीले रातु खोलामा अनुगमन गर्दै अवैध उत्खनन् रोक्न कदम चालिने बताएका छन् ।

ठेक्का नलागेको खोलामा अवैध उत्खनन् गरिरहेका क्रसरहरुलाई क्रसरको स्टक परिणाम र कम्पनी दर्ताका कागजपत्र एक हप्ताभित्र पेश गर्न समन्वय समितिले आग्रह गरेको छ । जिल्लामा सञ्चालित ७० भन्दा बढी क्रसर उद्योगहरुले खोलामा अवैध उत्खनन् गर्दा जिल्लाका रातु, मडाहा लागायतका आधा दर्जन खोलाको धार परिवर्तन भएको छ ।

प्रकाशित : आश्विन १५, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?