बेपत्ता साथी खोज्‍न वन गएका दुई युवक बाघ आक्रमणमा घाइते

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–६  चिम्नीटोलका दुई जना युवक बाघको आक्रमणबाट घाइते भएका छन् । आक्रमणमा परी घाइते दुवैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

चिम्नीटोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापालाई मंगलबार साँझ सत्तेरी जंगलभित्र बाघले आक्रमण गरेको हो । बाघको पन्जाले चिथोरेर दुवै कान, छाती, गालामा चोट लागेको छ ।

उनीहरुसँगै गएका ३० वर्षीय संगम भण्डारी जंगलमा बेपत्ता भएका छन् । ६ जनाको समूहमा चिम्नीटोलदेखि पश्चिमपट्टिको जंगलमा मंगलबार साँझ घास काट्न गएका भण्डारी अहिलेसम्म फेला परेको छैन् । सँगै घाँस काट्न जंगल गएका भण्डारी हराएपछि खोज्ने क्रममा थापा र श्रेष्ठलाई बाघले आक्रमण गरेको हो । हराइरहेका भण्डारीलाई खोज्न राति अबेरसम्म गाउलेहरु जंगलमै थिए । तर थापा र श्रेष्ठलाई आक्रमण गरेको थाहा पाएर सबै जंगलबाट बाहिरिएका थिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र र गाउलको टोली हराइरहेका भण्डारीको खोजी गर्न गएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । अहिले ठूलो संख्यामा गाउँलेहरु जंगल जाने तयारीमा बसेका छन् । सत्तेरीको जंगलमा चार दशकदेखि बाघ बस्ने गरेको छ । यो बाघको बासस्थान पनि हो । यस क्षेत्रमा बाघले पशु मार्ने गरेको थियो । पछिल्लो एक दशकयता उत्तरी क्षेत्र चुरे पहाडमा बाघ देखे पनि मानिसालई आक्रमण गरेको थिएन ।

प्रकाशित : आश्विन १४, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?