कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिलाको हत्या

अवधेशकुमार झा

राजविराज — सप्तरीको तिरहु्त गाउँपालिका-२ मयनाकडेरीकी एक महिलाको हत्या भएको छ । घरमा एक्लै बस्दै ५० वर्षीय दायमनदेवी यादवको हत्या भएको हो ।

महिलाको हत्या

आइतबार बिहानै देखि आफन्तहरुले फोन गर्दा उनको फोन नउठेपछि खोजी गर्दा आँगनमा रहेको शौचालय र ट्युबवेल नजिक घरको पानी खस्ने स्थानमा उनको मृत शरीर फेला परेको मृतकका देवर तेजनारायण यादवले जानकारी दिए । तेजनारायणका अनुसार हत्या गर्ने समूहले दायमनदेवीको दाहिने कान समेत काटेर लगेका छन् भने दाहिने आँखा समेत फोडेका छन् ।

घाँटीमा प्लाष्टिकको डोरी बेरिएको अवस्थामा रहेकाले घाँटी थिचेर हत्या गरेको हुनसक्ने सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । आँगनमा चारैतिर फुटेका चुराहरु रहेको रहेकाले हत्यारासंग केही बेर घम्साघम्सी भएको हुन सक्ने देवर तेजनारायणले आशंका गरे । हत्याराले कान काटेपनि कानमा लगाएको सुन शव रहेको स्थानमै भेटिएको उनले बताए ।

प्रहरीले शवलाई परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । प्रहरी उपरीक्षक धमलाले घटनाबारे अनुसन्धान तीव्र पारिएको जानकारी दिए । सशस्त्र प्रहरीको कयाम्प रहेको स्थानबाट ३ सय मिटर उत्तर हत्याको घटना भएपछि स्थानिय बासिन्दा त्रसित भएका छन् ।

महिलाका श्रीमान शिवनारायण कौडगिया यादव विराटनगरमा शिक्षण गर्छन् । एकजना छोरा नेपाल टेलिकममा कार्यरत छन् भने अर्का छोरा दिल्लीमा अध्ययनरत छन् ।

प्रकाशित : आश्विन ११, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?